प्रहरी प्रधान कार्यालयका सहायक परिचर बुद्धनगरमा मृत फेला

प्रहरी प्रधान कार्यालयका सहायक परिचर बुद्धनगरमा मृत फेला

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक प्रहरी परिचर बुद्धनगरस्थित डेरा कोठामा मृत अवस्थामा फेला परेका छन्। आज बिहान नयाँबानेश्वर–बुद्धनगर क्षेत्रको डेरा कोठाभित्र परिचर बलबहादुर थापा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार थापा घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखिएपछि उनकी श्रीमतीले तत्काल उद्धार गरी नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन्। तर अस्पताल पुर्‍याइएसँगै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार घटनाको कारण खुल्न बाँकी छ र मृत्युको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनास्थल सुरक्षित गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

Skip This
Skip This
Logo