काठमाडौं– सरकारले एकै पटक ३० जना सचिवहरुको सरुवा गरेको छ । २० गतेको मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सचिवहरुको हेरफेर गरेको थियो ।
प्रधानमन्त्री कार्यालयका अनुसार गृह मन्त्रालयको सचिवमा प्रेम राईलाई ल्याइएको छ । हाल गृह सचिव रहेका मोहनकृष्ण सापकोटाको ठाउँमा राईलाई ल्याइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाललाई अर्थ मन्त्रालयमा ल्याइएको छ । रक्षा सचिव विनोद केसीलाई राष्ट्रपतिको कार्यालय, अर्थ मन्त्रालयका सचिव शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालय, मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङलाई सञ्चार मन्त्रालयमा ल्याइएको छ ।
योजना आयोगका सचिव विष्ण्मु लम्साललाई रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाललाई श्रम, महिला, बालबालिका तथा सुरक्षा मन्त्रालय, मन्त्रिपरिषदको कार्यालयका सचिव खगराज बराललाई शिक्षा मन्त्रालय र सञ्चार मन्त्रालयका केदारबहादुर अधिकारीलाई मन्त्रिपरिषद कार्यालयको सचिवको जिम्मेवारी दिइएको छ ।
यस्तै सार्वजनिक खरिद कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियार दुरुवयोग अनुसन्धान आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसुधन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालय, तथा खानेपानी मन्त्रालयका गजेन्द्रकुमार ठाकुरलाई शिक्षा सचिवको रुपमा सरुवा गरिएको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
यस्तै कृषि विकास मन्त्रालयका सचिव विश्वनाथ ओलीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।





























प्रतिक्रिया