बादलदेखि को-को परे एमालेको समानुपातिक सूचीमा ?

बादलदेखि को-को परे एमालेको समानुपातिक सूचीमा ?

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ ।

सूचीमा उपाध्यक्ष रामवहादुर थापा बादल, सचिव पद्मा अर्यालदेखि जेनजी पुस्तकी निताता घतानीसम्म छन् । लेखा आयोगका अध्यक्ष डा.पुष्प कडेल,स्थायी कमिटीका पूर्व सदस्य गोरखवहादुर बोगटी पनि सूचीमा छन् ।

त्यस्तै, पूराना नेताबाट रामेछापका राजकुमार श्रेष्ठ पनि समेटिएका छन् भने टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, अनिता कन्दङ्वा पनि बन्दसूचीमा छन् ।

पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना प्रतिनिधित्वमा परेका छन् । अपाङ्गता भएका समुदायबाट स्यांजाका रामबहादुर थापा र यसुदा बराल परेका छन् ।

दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, जितु गौतमलगायत छन् भने अल्पसंख्यकका रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत छन् ।

Logo