जनकपुर । भारतको विहारका विभिन्न स्थानहरुबाट ७ जना मधेश प्रदेशका बालबालिका तथा महिलाको उद्यार गरिएको छ । ५ जना बालक, एक जना बालिका र एक जना महिलाको उद्यार गरी आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुख कार्यायलमा उनीहरुको आफ्न्तलाई जिम्मेवारी लगाइएको छ ।
उद्यार गरिएकोमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ सप्तरीका १६ वर्षीय मो.अजिज मिया, सप्तरीकै सम्भुनाथ नगरपालिका ९ की १५ वर्षिया ज्योती कुमारी मुखिया, रौतहटको चन्द्रपुर २ का १४ वर्षीय निमेष माझि, धनुषाको केल्पुर १ का १४ वर्षिय विष्णु सदा, सोही स्थानका १० वर्षिय सुरज सदा, सप्तरीको मनराजा ५ का ११ वर्षिय बचन कुमार सदा र बाराको कलैया १४ की ३३ वर्षिया संगीता कुमारी जयसवाल रहेकी छन्।
उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याई भिख माग्न लगाउने, श्रम शोसन गर्ने, भगाएर अन्यत्र लैजाने लगायतको अवस्थामा फेला पारी दिल्लीस्थित किन ईन्डिाया नामक संस्थाको अगुवाईमा भारतीय प्रहरी र दुतावासको सहयोगमा नेपाल फिर्ता ल्याएर आफन्तको जिम्मेवारी लगाइएको किन ईन्डियाका निर्देशक नवीन जोशीले जानकारी दिए ।
उनले विगतमा पनि सयौं जनाको उद्यार गरी अभिभावकको जिम्मा लगाएको बताए । उनका अनुसार यसरी प्रलोभनमा परेर भारतका विभिन्न ठाउँहरुमा श्रम शोसन र बेचिन पुगेकाहरुको संख्या सबैभन्दा बढी मधेश प्रदेशकै रहेको छ । उनले अभिभावक र प्रहरीको सहयोगमा त्यस्ता प्रलोभन देखाउनेहरुलाई फेला पारी कारवाही अगाडि बढाउ पहल पनि गरिरहेको बताए ।
अभिभावकलाई जिम्मा लगाउने क्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोबिन्थ थपलियाले कुनै पनि बालबालिका वा आफ्न्त हराएको थाहा हुने वित्तिकै नजिकको प्रहरी चौकीमा जानकारी गराउनुपर्ने बताए ।































प्रतिक्रिया