एउटा गलत समाचारले अर्बौंको लगानी जोखिममा पर्न सक्छ, संवेदनशील बनौं -अध्यक्ष ढकाल

एउटा गलत समाचारले अर्बौंको लगानी जोखिममा पर्न सक्छ, संवेदनशील बनौं -अध्यक्ष ढकाल

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मिडियाको शक्ति र जिम्मेवारीप्रति सचेत रहन आग्रह गर्दै पत्रकारिता क्षेत्रलाई थप संवेदनशील बन्न आग्रह गरेका छन् ।

‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले मिडियालाई ‘न्यायाधीशको पनि न्यायाधीश’ को संज्ञा दिएका हुन् । उनले सूचनाको शक्तिले समाज बनाउन र बिगार्न दुवै सक्ने उल्लेख गरे ।

अध्यक्ष ढकालले चिकित्सक र पत्रकारको तुलना गर्दै भने, ‘एक चिकित्सकको लापरवाहीले एक बिरामीलाई असर गर्ला, तर एक पत्रकारको गलत समाचारले सयौँको ज्यान जान सक्छ, अर्बौंको धनसम्पत्तिमा क्षति पुग्न सक्छ र हजारौँको रोजगारी गुम्न सक्छ।’ उनले विगतमा गलत समाचार र मिथ्या सूचनाका कारण निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको तथ्य समेत स्मरण गराए ।

संविधानले मिडियालाई दिएको स्वतन्त्रताको सम्मान गर्दै ढकालले सामाजिक न्याय, सद्भाव र लगानीमैत्री वातावरणका लागि सञ्चार क्षेत्रले सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Logo