हुलास स्टिलद्वारा सिमरा कारखानामा सौर्य ऊर्जा प्रणालीको औपचारिक उद्घाटन

हुलास स्टिलद्वारा सिमरा कारखानामा सौर्य ऊर्जा प्रणालीको औपचारिक उद्घाटन

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले बारा–सिमरास्थित आफ्नै कारखानामा सौर्य ऊर्जा प्रणालीको औपचारिक उद्घाटन गरेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल सरकारको प्राविधिक मार्गदर्शन तथा सब्सिडी सहयोगमा सम्पन्न यस परियोजनाले औद्योगिक क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोगलाई थप प्रोत्साहन गरेको छ।

हुलास स्टिलले वातावरणीय दिगोपनलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै यसअघि नै कन्टिन्युअस ग्याल्भनाइजिङ लाइन र कलर कोटिङ लाइनलाई डिजेलबाट विद्युतमा रूपान्तरण गरिसकेको छ। यस कदमले जीवाश्म इन्धनको प्रयोगमा कमी ल्याउँदै कार्बन उत्सर्जन उल्लेखनीय रूपमा घटाउन मद्दत गरेको छ। सोही दिगोपन रणनीतिलाई अझ बलियो बनाउँदै कम्पनीले अब सौर्य ऊर्जाको प्रयोग थालेको हो।

स्थापित रूफटप सौर्य ऊर्जा प्रणालीबाट स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादन भई कारखानाको आंशिक ऊर्जा आवश्यकता पूरा हुने अपेक्षा गरिएको छ। यसबाट कार्बन उत्सर्जनमा मापनयोग्य कमी आउने, ऊर्जा लागत घट्ने तथा दीर्घकालीन रूपमा ऊर्जा सुरक्षा सुनिश्चित हुने विश्वास गरिएको छ। एपेकको सब्सिडी तथा प्राविधिक सहयोगले औद्योगिक क्षेत्रलाई नवीकरणीय ऊर्जातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको हुलास स्टिलले जनाएको छ।

कम्पनीका अनुसार यो पहल जिम्मेवार उत्पादन, जलवायु कार्य तथा दिगो औद्योगिक विकाससम्बन्धी एएसजी सिद्धान्तसँग पूर्ण रूपमा मेल खान्छ। हरित प्रविधिको प्रयोगमार्फत वातावरणमैत्री उत्पादनलाई प्रवर्द्धन गर्दै हुलास स्टिलले निजी क्षेत्रबाट दिगो विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ।

Skip This
Skip This
Logo