सर्लाही

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंलाई फोनबाट २५ लाख रुपैयाँ फिरौती माग्ने प्रमोद बैठालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । "/>

मेयरसँग २५ लाख फिरौती माग्ने पक्राउ

मेयरसँग २५ लाख फिरौती माग्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

सर्लाही

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंलाई फोनबाट २५ लाख रुपैयाँ फिरौती माग्ने प्रमोद बैठालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार मलगंवा ८ बाट समातिएका २६ वर्षीय बैठाले आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको सदस्य भन्दै मेयर प्रसाईंसँग २५ लाख फिरौती मागेका थिए । सर्लाही प्रहरी प्रवक्ता डिएसपी राजेश थापाका अनुसार बैठाले फिरौती बापतको रकम नदिए ज्यान मार्ने तथा अपहरण समेत गर्ने धम्की दिएका थिए । सर्लाही क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहलाई समेत उनले फोन गरी फिरौती मागेका थिए ।

बैठालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिएसपी थापाको भनाई छ । उनी विरुद्ध गोली हानी घाइते बनाएको, फोनबाट फिरौती मागेको र अपहरण उद्योग लगायतका मुद्दा अदालतमा विचाराधीन छन् । उनी आपराधिक गतिविधिमा संलग्न भर्इ कारागार बसि सकेका पेशेवर अपराधी हुन् । आफूलाई धम्की दिने अभियुक्त पक्राउ परेपछि मेयर प्रसाईले प्रहरीलाई धन्यवाद दिएका छन् । आफूलाई पटक पटक मधेसका विभिन्न अपराधिक गिरोहबाट अपहरण र ज्यान मार्ने धम्की आइरहे पनि आफूले वेवास्ता गर्दै अघि बढेको उनको भनाई छ ।
नागरिकबाट

 

Logo