सञ्चारमन्त्री खरेलद्वारा रासस भरतपुरको तालिम केन्द्र निरीक्षण

सञ्चारमन्त्री खरेलद्वारा रासस भरतपुरको तालिम केन्द्र निरीक्षण

केन्द्रबिन्दु
15
Shares

चितवन, १९ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चितवनको महानगरपालिका–१० मा निर्माणाधीन राष्ट्रिय समाचार समितिको केन्द्रीय तालिम केन्द्रको आज अवलोकन तथा निरीक्षण गरेका छन् । सञ्चारर माध्ययमले ‘एकेडेमिक सेन्टर’का रुपमा विकास गर्ने लक्ष्यअनुरुतालिम केन्द्रको निर्माण सुरु गरेको हो ।

त्यस अवसरमा मन्त्री खरेलले राससको केन्द्रीय तालिम केन्द्र सम्पन्न हुन लागेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले तालिम केन्द्रले व्यावसायिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

उनले भने , “व्यवसायिक पत्रकारिताका लागि क्षमता विकास, तालिम, अनुभव साटासाट तथा कार्यशाला आवश्यक पर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको अभाव थियो, तालिम केन्द्रले त्यो आवश्यक पूरा गर्नेछ ।” स्टुडियोसहितको आधुनिक तालिम केन्द्र सञ्चालनमा आएपछि सबैलाई सहज हुने उनको भनाइ थियो । मन्त्री खरेलले तालिम केन्द्रका लागि आवश्यक सामग्री खरिदका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

त्यस अवसरमा रासस भरतपुर कार्यालयका प्रमुख नारायणप्रसाद अधिकारीले तालिम केन्द्र भवनको निर्माण प्रगति तथा हालको अवस्थाबारे मन्त्री खरेललाई जानकारी गराए । उनले तालिम केन्द्रमा -यामको छाना, लिफ्ट, सटरसहितका सामग्री व्यवस्थापन हुन बाँकी रहेको उल्लेख गर्दै सहजीकरणको अपेक्षा गरे ।

विसं २०८० जेठ ८ गते निर्माण सम्झौता भइ भवन निर्माण सुरु भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले रु पाँच करोड ७६ लाख ७१ हजारमा सम्झौता गरी निर्माण गरिरहेको छ । भूमिगत पार्किङसहित चार तलाको भवन निर्माण गर्न लागिएको हो । भवनमा १९ वटा कोठा रहनेछन् ।

Logo