श्रीमतीलाई छुरी हानेर फरार तामाङ् पक्राउ

श्रीमतीलाई छुरी हानेर फरार तामाङ् पक्राउ

केन्द्रबिन्दु
0
Shares

बिहिबार श्रीमतीको हत्या गरि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २१ वर्षिय प्रकाश तामाङलाई पक्राउ गरिएको हो । तामाङले काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित दिदिको डेरामा बसिरहेकी २३ वर्षिय रमिता तामाङको हत्या गरि फरार रहेका थिए ।

६ बर्ष अगाडि विबाह गरेका तामाङ दम्पति विच केही समयता मनमुटाव भै एक महिनादेखी छुट्टाछुटै बस्दै आएका थिए ।

Logo