विराटनगर। झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडा गाउँस्थित लालबहादुर रसाइलीको खेतमा एक जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ। मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेको र क्षेत्र सुरक्षित गरेको छ। प्रहरीका अनुसार डिभिजन वन कार्यालय भद्रपुरलाई पनि घटनाबारे जानकारी गराइएको छ।
वन कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी र थप अनुसन्धान अघि बढाउने तयारीमा रहेको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार हात्ती करेन्ट लागेर मरेको हुन सक्ने सम्भावना व्यक्त गरिएको छ। वास्तविक कारण पोस्टमार्टम र अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ।































प्रतिक्रिया