पोखरा महानगर भित्रका किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान

पोखरा महानगर भित्रका किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान

केन्द्रबिन्दु
15
Shares

गण्डकी। पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उनले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताए । यस वर्ष अनुदानका लागि रु १० लाख विनियोजन गरिएको उनले जानकारी दिए । जिल्ला दररेट अनुसार गोबरको मल प्रतिकिलो तीन रुपैयाँ २५ पैसा पर्दछ ।

रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनका लागि पनि यो कार्यक्रम उपयोगी बन्ने उहाँले विश्वास व्यक्त गरे । “यो कार्यक्रमसँगै पशुपालक किसानलाई पनि आफ्नो फर्ममा खेर जाने मल बिक्री भई सहयोग पुग्ने छ भने तरकारी तथा फलफूल लगाउने किसानलाई खरिद र ढुवानीमा दिइने अनुदानले राहत मिल्नेछ”, उनले भने, “यसले किसानलाई उत्पादनको लागत घटाउन पनि सहयोग पुग्छ ।”

यस कार्यक्रमले पशुपालन र तरकारी तथा फलफूल उत्पादनमा पनि एक अर्कोलाई सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।

Skip This
Skip This
Logo