आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, चुनावमा उठ्ने हल्ला मात्रै -मन्त्री खरेल

आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, चुनावमा उठ्ने हल्ला मात्रै -मन्त्री खरेल

केन्द्रबिन्दु
15
Shares

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने या नदिनेबारेमा आफूले कुनै पनि निर्णय नलिएको बताएका छन् ।

आफ्ना बारेमा विभिन्न सम्प्रेषित समाचारका विषयमा आश्चर्य प्रकट गर्दै सञ्चारमन्त्री खरेलले भने, “चुनावमा उठ्ने रे भन्ने कुराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठ्न रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनावमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन । आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता र छलफल गरेको छैन, आउँछु भनको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।”

नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको प्रवक्तासमेतका हैसियतले आमजनताको उल्लेखनीय सहभागितामा सफलतापूर्वक चुनाव सम्पन्न गर्न अहोरात्र खटिरहेको अवस्थामा आफूले निर्णय नगरेको विषयमा यसरी समाचार सम्प्रेषण हुँदा दुःख लागेको उनले बताए । सञ्चारमन्त्री खरेलले सत्यतथ्यसहित विश्वसनीय, सन्तुलन र निष्पक्षरुपमा समाचार सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गरे ।

मन्त्री खरेलले चुनाव नजिकिँदै गरेको अवस्थामा मतदाता शिक्षालाई प्रभावकारी बनाउने, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने, सही उम्मेदवार छनोट गरी बदर नहुने तरिकाले मतदान गर्नेजस्ता विषयलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्न आमसञ्चाकर्मीको ध्यानाकर्षण गरे ।

उनले भने, “देश किन बन्न सकेन, कसका कारण बन्न सकेन, कति वटा व्यवस्था परिवर्तन भए, पञ्चायत आयो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, सबै व्यवस्था परिवर्तन भए, कैयौँ व्यक्तिहरु शासन व्यवस्थामा आए, सरकार चलाए, प्रधानमन्त्री–मन्त्री बने, तर देश किन बनेन, जनताको अवस्था किन सुध्रेन, किन जेनजी जनआन्दोलन हुनुपर्यो, दर्जनौँले बलदानी दिनुपर्यो भन्नेबारेमा जिम्मेवार समाचार माध्यमले समाचार ल्याउनुपर्छ, तर त्यसो हुन सकिरहेको छैन ।”

“मलुकले परिवर्तन खोजेको छ, परिवर्तनका लागि अब फेरि रगत बग्न हुँदैन, जेनजी दाजुभाइ, दिदी बहिनीहरु मर्नुपर्ने दिन फेरि आउनुहँुदैन, फेरि बलिदानी दिनुपर्ने अवस्था आउनुहुँदैन, अहिलेका विषम परिस्थितमा सबै पक्ष जिम्मेवार बनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सदुपयोग गरौँ ।” उनले भने ।

Skip This
Skip This
Logo