विराटनगर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री भीम पराजुलीले जेनजी आन्दोलनका घाइते सान्तनु ढकाललाई भेटेका छन् ।
मोरङ बुढीगंगा-७ का सान्तनु ढकाललाई बुधबार उनकै निवास बरमनीया पुगेर भेटेका हुन्। पराजुलीले सान्तनु ढकालसँग भेटी, उनको स्वास्थ्यको बारेमा जानकारी लिएका छन् । प्रदेश सरकारकाे मन्त्री भएको दाेस्राेदिननै उनी ढकालका आफन्त र परिवारजनसँग भेटेर आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।
ढकाललाई २३ भदौमा सुनसरीको इटहरीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका थिए । उनी उपचार पछि घरमै आराम गरिरहेका छन् ।





























प्रतिक्रिया