नेपाल बैंक र मेडिकेयर हस्पिटलबिच छुट सम्झौता

नेपाल बैंक र मेडिकेयर हस्पिटलबिच छुट सम्झौता

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । नेपाल बैंक र मेडिकेयर हस्पिटलबिच छुट सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकलाई छुट दिने गरी सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयरका तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरे ।

सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

Skip This
Skip This
Logo