काठमाडौँ
संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) को संसदीय दलको बैठक अहिले सम्म बस्न सकेको छैन । गत १० र २१ मंसिरमा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ६ सिट जित्दै चौथो पार्टी बनेको राजपामा दलको नेता को बन्ने भन्ने टुंगो लागिसकेको छैन । "/>

राजपामा संसदीय दलको नेता छान्न सकस

राजपामा संसदीय दलको नेता छान्न सकस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) को संसदीय दलको बैठक अहिले सम्म बस्न सकेको छैन । गत १० र २१ मंसिरमा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ६ सिट जित्दै चौथो पार्टी बनेको राजपामा दलको नेता को बन्ने भन्ने टुंगो लागिसकेको छैन । नेता चयनको विधि कस्तो बनाउने भन्ने विषयमा नेताहरू बीच मत बाझिएपछि अहिले सम्म बैठक बस्न नसकेको हो ।

२ फागनुमा निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समानुपातिकतर्फको परिणाम बुझाएपछि पटक–पटक बैठक बस्न नेताहरू बीच अनौपचारिक प्रयास भए पनि सफल हुन सकेको छैन । अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले दलको बैठक बस्न नसकेकाले नेता चुन्ने विषयले प्रवेश नै नपाएको जानकारी दिए । ‘संसदीय दलको निर्वाचनका विषयमा अहिलेसम्म पार्टीमा छलफल भएको छैन । चाँडै बैठक बसेर विधान निर्माण गरी नेता चयन गर्ने प्रक्रिया सुरु गर्छौं,’ उनले भने ।

राष्ट्रिय पार्टीको मान्यता प्राप्त पाँच मध्ये चार दलले नेता चुनिसकेका छन् । तर २९ फागुन यता राजपाको औपचारिक बैठक बस्न सकेको छैन । एक साता अघि दलको बैठक बस्ने तयारी गरे पनि अध्यक्षमण्डलका सदस्य भण्डारी बिरामी र अर्का सदस्य अनिल झा जिल्लामा रहेकाले बैठक बस्न सकेन । ‘एक हप्ताअघि बैठक बस्ने तयारी गरेका थियौँ, तर, अध्यक्षमण्डलका साथीहरू सबै उपस्थित हुन नसकेकाले बस्न सकेन,’ भण्डारीले भने, ‘अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर जिल्लामा हुनु हुन्छ, उहाँ काठमाडौं आए लगत्तै बैठक बस्छौँ ।
नयाँ पत्रिकाबाट

Logo