काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ। ३३ जना घाइते हुन् र उनीहरूको उपचार अस्पतालमा जारी छ।
बा ४ ख ८७८८ नम्बरको बस नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीको पिकनिकबाट फर्किंदै गर्दा दुर्घटनामा परेको हो।
दुर्घटनामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५÷६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको मृत्यु गएराति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए ।
यसअघि बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो ।
नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा उनीहरु सवार बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ ।





























प्रतिक्रिया