काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती नगर्न माग गरेको छ । "/>

बिदा कटौतीमा हेरफेर गर्न राप्रपाको माग

बिदा कटौतीमा हेरफेर गर्न राप्रपाको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती नगर्न माग गरेको छ । कृष्ण जन्माष्टमी, रामनवमी, घटस्थापना लगायत बिदा कटौती गरी सरकारले बिदा नदिने गरेको निर्णयले हिन्दू धर्मावलम्बीको भावनामा गम्भीर आघात पु¥याएको राप्रपाका प्रवक्ता भुवन पाठकद्वारा आज जारीे विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को बैठकले गरेको यस्तो निर्णयले परम्परागत मूल्य मान्यतालाई अवमूल्यन गरेको र सामाजिक सद्भाव खल्बलिन सक्ने, धार्मिक द्वन्द्व बढाउने खतरा रहेको जनाइएको छ ।

यसैगरी राप्रपा (प्र) का प्रवक्ता राजेन्द्र गुरुङले धर्म र आस्थासँग भावनात्मक सम्बन्ध भएका विभिन्न किसिमका बिदाले सांस्कृतिक एकतालाई जोडेको हुँदा सामाजिक एकतालाई बलियो बनाउन सहयोग पु¥याएका बिदा कटौतीमा पुनःविचार गर्न माग गरे ।

एराप्रपा (राष्ट्रवादी) का उपाध्यक्ष तारानाथ लुईटेलले विभिन्न जाति तथा समुदायमा विभक्त नेपाली समाजलाई एकतावद्ध गर्न राष्ट्रिय एकता दिवसले सहयोग पु¥याएको बताउँदै दीर्घकाल सम्म गहिरो प्रभाव पार्ने उक्त निर्णयलाई सञ्चाउन सरकारलाई आग्रह गरे।
रासस

Logo