काठमाडौं
उपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँ अघि पिउन पाउने भएका छन् । सुरुङ खन्ने काम वैशाख पहिलो हप्ता भित्र पूरा हुने र दसैँ अघि पानी वितरण गरिने आयोजनाको लक्ष्य छ ।
‘वैशाख पहिलो हप्ता भित्र सुरुङ खन्ने काम पूरा हुन्छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘राजधानीवासीले दसैँ अघि नै मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् ।’ एक सय २१ मिटर सुरुङ खन्न बाँकी रहेको देवकोटाले बताए । ‘अहिले दैनिक ६ मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ,’ देवकोटाले भने, ‘यही गतिमा काम हुँदा २५ दिन सम्म सुरुङ खनि सक्छौँ ।’ मेलम्चीको दुवै तिरबाट सुरुङ खन्ने काम भइरहेको छ ।
खानेपानी मन्त्री विना मगरले मेलम्ची आयोजनाको काम छिटो सक्न निर्देशन दिइसकेकी छिन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गत दैनिक १७ करोड लिटर पानी उपत्यका भित्रिने छ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले मेलम्चीको पानी आएमा तत्काल वितरण गर्न सकिने बताए । सुन्दरीजल देखि महांकाल सम्मको मेलम्चीको पानी आउने मुख्य टनेलको परीक्षण भइसकेको उनले जनाए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया