काठमाडौं

कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ । "/>

७ महिनामै १७ अर्ब रुपैयाँको चामल आयात

७ महिनामै १७ अर्ब रुपैयाँको चामल आयात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खाने बानीमा परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो । यद्यपि मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको जानकारहरू बताउँछन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा १७ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैयाँ बराबरको चामल आयात भएको हो । अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले चामल आयात बढेको हो । गत वर्षको सोही अवधिमा १४ अर्ब ३५ करोड ३७ लाख ९३ हजार रुपैयाँको चामल आयात भएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले स्वदेशमै उत्पादनको सम्भावना भएको वस्तुको पर्याप्त उत्पादन नहुँदा आयात गर्नु परेको बताए । कृषिप्रधान मुलुकले चामलसँगै कृषिजन्य उत्पादन आयात गर्नु पर्ने अवस्थाले उत्पादन गर्न नसक्दा परनिर्भरता बढ्दै गएको उनको भनार्इ छ । छिमेकी मुलुक भारतबाट सवैभन्दा धेरै चामल आयात हुने गर्छ । चीन, थाइल्यान्ड र बंगलादेशबाट पनि थोरै परिमाणमा चामल आयात हुने तथ्यांकले देखाएको छ । खानेपानीमा आएको परिवर्तनका कारणले गर्दा पनि चामल आयात बढ्दै गएको कृषिविज्ञहरूको भनार्इ छ ।
कारोबारबाट

 

Logo