काठमाडौँ
प्रदेश ७ को सरकार र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्झौता भएको छ । शनिबार धनगढीमा आयोजित प्रदेश ७ कोे आर्थिक तथा व्यवसायिक सम्भाव्यता र विकासका प्राथमिकता विषयक बहसपछि सरकार र महासंघबीच सम्झौता भएको हो । "/>

प्रदेश नं. ७ मा सुरक्षाको ग्यारेन्टी सहित लगानीको वातावरण बनाउँछौँ : मुख्यमन्त्री भट्ट

प्रदेश नं. ७ मा सुरक्षाको ग्यारेन्टी सहित लगानीको वातावरण बनाउँछौँ : मुख्यमन्त्री भट्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
प्रदेश ७ को सरकार र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्झौता भएको छ । शनिबार धनगढीमा आयोजित प्रदेश ७ कोे आर्थिक तथा व्यवसायिक सम्भाव्यता र विकासका प्राथमिकता विषयक बहसपछि सरकार र महासंघबीच सम्झौता भएको हो ।

प्रदेशमा उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन लगायत क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र कैलाली उद्योग वाणिज्य संघकी अध्यक्ष शंकर बोगटीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदेश सरकारबाट गठन गरिने आर्थिक, व्यावसायिक क्षेत्रसँग सम्बन्धित समिति, बोर्ड, परिषदमा महासंघलाई सहभागी गराउन ध्यान दिने, प्रदेश सरकारसँग समन्वय गरी यस क्षेत्रको आर्थिक, व्यवसायिक विकासका लागि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन, महोत्सव आयोजना गर्न समन्वय गर्ने सहमतिपत्रमा उल्लेख छ । उद्योगधन्दाको प्रवद्र्धनका लागि आवश्यक पर्ने प्राकृतिक स्रोत–साधनको समुचित प्रयोग तथा परिचालनमा प्रदेश सरकारले महासंघसँग सहकार्य गर्ने समेत सहमति भएको छ ।

प्रदेश ७ मा लगानीमैत्री वातावरण बनाउन उद्योगी–व्यवसायीले आग्रह गरेका छन् । उनीहरूले औद्योगिकीकरणसँगै जलस्रोत, पर्यटन र कृषि क्षेत्रको विकासमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे । प्रदेशमा स्थापना गर्ने भनिएको विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रको प्रक्रिया अगाडि बढाउन पनि व्यवसायीहरूले आग्रह गरे ।
नयाँ पत्रिकाबाट

Logo