काठमाडौँ
सवारी आवागमनमा वाधा उत्पन्न हुने गरी राजमार्गमा राखिएका ड्रम हटाउन उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले दिएको अन्तरिम आदेश कार्यान्वयन गर्न सुरक्षा निकायले अटेरी गरेको छ । आवागमनमा असुविधा हुने गरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महेन्द्र राजमार्ग, रत्न राजमार्ग अन्तरगत कोहलपुर–सुर्खेत सडक खण्ड र कर्णाली सडक खण्डको विभिन्न स्थानमा राखिएका ड्रम हटाउन उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा दायर भएको रिटमा अदालतले फागुन २३ गते अन्तरिम आदेश दिए पनि सुरक्षा निकायले हटाउन आनाकानी गरेका छन् ।
अधिवक्ता विकास आचार्य सहितका कानून व्यवसायीले दायर गरेको रिटमा उच्च अदालत तुलसीपुर, इजलाश नेपालगन्जले अत्यावश्यक बाहेक यात्रु आवागमनमा बाधा हुने गरि राखिएका ड्रम तत्काल हटाउन सुरक्षा निकायको नाममा अन्तरिम आदेश जारी गरेका थियो । तर आदेश दिएको लामो समय बित्दा समेत प्रहरीले अदालतको आदेश पालना नगरेको अधिवक्ता आचार्यले बताए ।
‘सुरक्षा अनुगमन र नियन्त्रण प्रयोजनका लागि अत्यावश्यक भई प्रयोगमा रहे देखि बाहेकका सडकमा सुपथ आवागमनमा अवरोध हुने गरि रहेका तत्काल हटाउनु, अनावश्यक रुपमा सडकमा अवरोध हुने गरि ड्रम समेत नराख्नु र राख्न नलगाउन विपक्षीका नाममा आदेश जारी गरिएको छ,’ अदालतको आदेशमा उल्लेख छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया