महेन्द्रनगर
सैनिक जवान पदको लिखित परीक्षामा १९ जना नक्कली परीक्षार्थी फेला परेका छन् । शनिबार भएको जवान पदको लिखित परीक्षामा अरुको नाममा परीक्षामा सहभागी उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सञ्चालन भइरहेको परीक्षामा पक्राउ गरिएको उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । लोक सेवा आयोगले सैनिक पदको लागि लिखित परीक्षा सञ्चालन गरेको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर सेटीले सूचनाको आधारमा पक्राउ गरिएको बताए । ‘हामीलाई विशेष सूचना आयो’ उनले भने, ‘परीक्षा हलमा पुगेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो’ ।
डिएसपी सेटीले पक्राउ परेका नक्कली परीक्षार्थीहरुलाई कानुनी कारबाही अगाडी बढाइएको बताए । ‘हामीले लोकसेवा आयोगसँग छलफल गरेर थप प्रक्रिया अघि बढाउछौं’, उनले भने । लोकसेवा आयोग महेन्द्रनगर कार्यालयका प्रमुख युवराज पोखरेलका अनुसार शनिबार ४ सय ८० जना परीक्षार्थी सहभागी थिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया