शेखर कोइरालाको आवाजलाई साथ दिन आएँ : केदार कार्की

शेखर कोइरालाको आवाजलाई साथ दिन आएँ : केदार कार्की

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसको विशेष महाधिवेशनमा उपस्थित भई आफू शेखर कोइरालाको आवाज साकार पार्न आएको बताए ।

भृकुटीमण्डपमा सम्बोधन गर्दै कार्कीले भने, “उहाँको आवाजलाई साकार पार्न म यहाँ आएको हुँ। उहाँले नेतृत्वले टिकट दिए म लिन्नँ भन्नुभएको थियो र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनुपर्छ भन्नुभएको थियो। त्यसैलाई साकार पार्न यहाँ उपस्थित छु।”

उनले शेखर कोइरालाको विचार महाधिवेशन प्रतिनिधिले साकार पार्न सकेको भन्दै शारीरिक उपस्थितिको नभएको समते स्पष्ट पारे। कार्कीले जोड दिए, “हामीले छानेको नेतृत्व परिवर्तन गर्न पाउँछौँ। अब इतर र संस्थापन छुट्टै छैन । यहाँबाट फर्केर जनतामा नेपाली कांग्रेसको गुन्जायमान विपी कोइरालाको पुनरागमन लिएर जानेछौं।”

Logo