काठमाडौं
आधिकारिक ट्रेड यूनियन तथा विभिन्न कर्मचारी संगठनहरुका नेताले स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । "/>

स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलन

स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
आधिकारिक ट्रेड यूनियन तथा विभिन्न कर्मचारी संगठनहरुका नेताले स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘पछिल्लो समयमा उहाँले जुन रुपमा कर्मचारी माथि प्रहार गर्नु भएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नु भएको छ, कर्मचारीहरु खटाईएको स्थानमा गइसकेका छन् ।’ केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर र अन्य समस्यामा परेर नगएको भएपनि अधिकांश कर्मचारीहरु खटाइएको स्थानमा गएर काम गरिरहेको उनको जिकिर थियो । उनले थपे, ‘खटाइएका स्थानमा पुगेर कर्मचारीले हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छैनन, यी लगायत यावत समस्याहरु हामीले सुन्नु परेको छ ।’

त्यस्तै नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले स्वेच्छिक अवकाशको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । उनले भने, ‘संविधान र ऐनमा भएको व्यवस्थालाई भाषणमा बोलेर हुकुमी शैलीमा कर्मचारीलाई धम्की दिने काम भएको छ, यो हाम्रो लागि स्वीकार्य छैन्, जिम्मेवार व्यक्तिले कुन भाषा बोल्ने र कर्मचारीलाई कसरी काम गर्ने वातावरण मिलाउने भन्ने कुराको बारेमा जानकार हुनु पर्छ, दानापानी बन्द गर्छु, मानसिक सन्तुलन गुमाएको जस्ता शब्दहरु मन्त्रीले फिर्ता लिनु पर्छ ।’

त्यस्तै कार्यक्रममा नेपाल निजामति कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले बोलेको भाषाले कर्मचारीमा निराशा छाएको गुनासो पोखे। उनले भने, ‘मन्त्रीजस्तो व्यक्तिले दिनहुँ यसरी कर्मचारीको मनोवल गिर्ने गरी बोल्नु उचित होइन, संक्रमणकालिन अवस्थामा कर्मचारीले आफ्नै पैसा खर्चेर जनतालाई सुविधा दिने काम गरिरहेका छन्, जननिर्वाचित प्रतिनिधि आउँछन् जान्छन् तर निजामति कर्मचारी संयन्त्र स्थायी सरकार हो, जुन सरकार नभएको बेलामा पनि जनताको काम गर्छ, यो कुरा बुझ्नु पर्छ ।’
नागरिकबाट

Logo