काठमाडौं
कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेको छ । एओसी पाएसँगै कम्पनीले चैत १० गते शनिबार (आजै) देखि व्यावसायिक रुपमा सेवा प्रदान गर्ने हिजो विज्ञप्ति मार्फत जनाएको हो ।
कम्पनीले करिब एक महिना अघि एयरबस कम्पनीको फ्रान्समा निर्मित हेलिकप्टर ल्याएको थियो । कल साइन भएको यो हेलिकप्टर २३ हजार फिट सम्म उडान गर्ने क्षमता राख्छ । साथै निकट भविष्यमा नेपाली आकाशमा आन्तरिक उडानतर्फ अर्को एक जहाज थप गर्ने कम्पनीले जनाएको छ । स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बर मार्फत सेवा दिने बताइएको छ . कैलाश हेलिकप्टर सर्भिसेज प्रालिको प्रवद्र्धनमा दुई दशक भन्दा लामो अनुभव रहेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी सहित बैंकर, उद्योगी लगायतको लगानी रहेको विज्ञप्तिमा भनिएको छ ।
रासस































प्रतिक्रिया