माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले माघ ४ गते अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसमेत जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरबारमै राष्ट्रिय सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको हो ।

Skip This
Skip This
Logo