काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र लम्बिएको हो । मंगलबार नै नेतृत्व चयनसमेत थालिने पनि बताइएको छ ।
यसअघि बन्द सत्रको अध्यक्षता काठमाडौं ५ का महाधिवेशन प्रतिनिधि ८८ वर्षिय श्यामबहादुर खड्काले गरेका थिए । महामन्त्रीद्वयले कांग्रेसलाई सुधार्न विभिन्न एजेण्डा पेश गरेका छन् । उनीहरुको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल सुरु भएको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने पार्टीलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न भन्दै विज्ञप्ती जारी गरेका छन्। कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुन उनको आग्रह छ ।































प्रतिक्रिया