शुक्रबारबाट काठमाडौ उपत्यकामा चल्ने सबै सार्वजनिक सवारी चालक र सहचालकलाई ‘छुट्टै ड्रेस’ लगाउने व्यवस्था गरिएको छ । "/>

चालक, सहचालकले पनि छुट्टै ड्रेस लगाउन थाले

चालक, सहचालकले पनि छुट्टै ड्रेस लगाउन थाले

केन्द्रबिन्दु
0
Shares

शुक्रबारबाट काठमाडौ उपत्यकामा चल्ने सबै सार्वजनिक सवारी चालक र सहचालकलाई ‘छुट्टै ड्रेस’ लगाउने व्यवस्था गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा सबै सार्वजनिक सवारी साधनका चालक र सहचालकका लागि पहिचान खुल्ने ज्याकेटको व्यवस्था गरिएको हो ।

चालक र सहचालकको पहिचान र अनुशासन कायम गर्न छुट्टै ड्रेस लगाउने अभियान सुरु गरिएको हो । काठमाडौको सुन्धारामा एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले अभियानको शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक खनालले सडक सभ्यताका लागि ड्रेसको व्यवस्था गरिएको बताए । अभियानले चालक र सहचालकको पहिचान खुलाउन पनि सहज हुने उनको भनाई छ ।

यात्रुहरुले चालक/सहचालकको पहिचान गर्न सहजहोस भन्ने उद्देश्यका साथ उनीहरुलाई पनि ड्रेसको व्यवस्था गरिएको नेपाल राष्ट्रिय यातायात महासंघका महासचिव सरोज सिटौंलाले बताए ।

सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरोकारवाला निकायसँग छलफल गरी विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

Logo