‘टिक्मोमार्फत आइएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक, विजेतालाई बिवाईडी एट्टो१ ईभी र आईफोन १७

‘टिक्मोमार्फत आइएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक, विजेतालाई बिवाईडी एट्टो१ ईभी र आईफोन १७

केन्द्रबिन्दु
12
Shares

काठमाडौ| । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मो मार्फत ‘आइएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ ।

यहि पौष २१ देखि चैत्र १७ सम्म सन्चालन मा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ ।

टिक्मो एपमार्फत साउदी अरबबाट आइएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरस्कारअन्तर्गत एक जना भाग्यशाली विजेताले बिवाईडी एट्टो १ ईभी प्राप्त गर्न सक्नेछन् भने मासिक दुई जना भाग्यशाली विजेताले याडिया ओविन ईभी स्कुटर जित्न सक्नेछन् ।

साथै, साप्ताहिक विजेताअन्तर्गत १२ भाग्यशाली विजेताले आईफोन १७ जित्न सक्नेछन् । टिक्मोको यो उत्सवमा सामेल भएर १५ जना भाग्यशाली व्यक्ति लाभान्वित हुनेछन् । विजेताहरु पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनोट गरिनेछ ।

वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आफुले कमाएको पैसा सुरक्षित रुपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन् । पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिदै गएको छ । वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्राउने मात्रै नभएर अवसरको सदुप्रयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ ।

Logo