काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका तयार पारेकाे छ । संस्थापन पक्षसँग निरन्तर संवाद र छलफल सफल हुन नसकेपछि विशेष महाधिवेशनको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय समितिले आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने गरी तालिका प्रकाशित गरेको हो। मतदान प्रकृया भने आज दिउँसो देखि सुरू हुने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ।
जस अनुसार १२ः३० बजेसम्म प्रथम मतदाता नामावली प्रकाशन गर्ने र २ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने छ । दुई देखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने, साढे चारबजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तालिका छ।

































प्रतिक्रिया