रोल्पामा विप्लवलाई ठूलो धक्का, संगठनको मेरुदण्ड मानिएका सुबेदी प्रचण्डसँग उभिए

रोल्पामा विप्लवलाई ठूलो धक्का, संगठनको मेरुदण्ड मानिएका सुबेदी प्रचण्डसँग उभिए

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बाट केन्द्रीय सदस्य सन्तोष सुबेदी ‘प्रयास’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । आज बिहान नेकपाका शीर्ष नेताहरूको उपस्थितिमा सुबेदीले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीमा स्वागत गरे । प्रचण्डले सुबेदी वाम आन्दोलनको सही धारमा फर्किएको भन्दै वाम आन्दोलनलाई टुक्र्याएर नभई एकताबद्ध गरेर अघि बढ्नु आजको आवश्यकता भएको बताए ।

रोल्पाका प्रभावशाली नेता सुबेदी विप्लव नेतृत्वको पार्टीमा जिल्ला इन्चार्ज, सेक्रेटरी हुँदै केन्द्रीय स्कूल विभाग सदस्यसम्मको जिम्मेवारीमा थिए । उनको बहिर्गमनलाई रोल्पामा विप्लव समूहका लागि ठुलो संगठनात्मक झट्का लागेको एक नेताले बताए ।

पार्टी प्रवेशपछी सुवेदीले भने, “क्रान्तिको नाममा जनताबाट टाढा हुने बाटो मैले रोजिनँ । एकताबद्ध, जिम्मेवार र व्यवहारिक वाम राजनीतिका लागि मैले नेकपामा प्रवेश गरेको हुँ ।”

नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन ‘अनन्त’ले पनि सुबेदीले सकारात्मक राजनैतिक याात्राको थालनी गरेका भन्दै स्वागत गरका थिए ।

Logo