शून्यमा झर्यो इरानको मुद्रा रियाल

शून्यमा झर्यो इरानको मुद्रा रियाल

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । इरानको मुद्रा रियाल ऐतिहासिक रूपमै ध्वस्त भएको छ ।

अनौपचारिक बजारमा एक अमेरिकी डलरको मूल्य १४ लाख ५७ हजार रियाल नाघेको छ भने करिब १७ लाख रियाल बराबर १ युरो भएको छ । यस्तो हुनुमा दशकौंदेखिको प्रतिबन्ध, कुप्रबन्धन र राजनीतिक दमनको संचित परिणाम मानिएको छ । सन् २०२५ को डिसेम्बरदेखि सुरु भएको आर्थिक संकटले इरानको मुद्रास्फीति ४२ दशमलब ५ प्रतिशतमा पुर्याएको छ । जसले इरानको जनजीवनलाई निकै असह्य बनाएको छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिको समयमा १ डलर बराबर ७० रियाल थियो । आज त्यही अनुपात २० हजार गुणाभन्दा बढी छ । त्यस्तै रियालको मूल्य युरोमा ०.०००००५८ जति सानो छ अझै धेरै एक्सचेन्ज प्लेटफर्ममा त झन ‘० दशमलब ००’ देखिन्छ, जसलाई रियालको मूल्य ‘शून्यमा झ¥यो’ भन्दै हाल सामाजिक सञ्जालभर भाइरल बनाइएको छ । त्यसैगरी भारतीय रुपैयाँमा ०.०००९१ पैसा र नेपाली रुपैयाँमा ०.०००१३ पैसा बराबर १ रियालको मूल्य रहेको छ ।

इरानी रियाल पतनका पाँच निर्णायक कारणहरुमध्ये कडा अन्तर्राष्ट्रिय प्रतिबन्धलाई पहिलो कारक मानिएको छ । सेप्टेम्बर २०२५ मा संयुक्त राष्ट्रसंघले आणविक कार्यक्रमसँग जोडिएका प्रतिबन्ध पुनः लागू गरेपछि अमेरिका र युरोपेली संघका प्रतिबन्धले तेल निर्यात र डलर पहुँच पूर्ण रुपमा ठप्प पारेका थिए । त्यस्तै, दोस्रो नंबरमा अति मुद्रास्फीतिलाई इरानी रियाल पतनको अर्को महत्वपूर्ण कारक मानिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार डिसेम्बर २०२५ मा इरानको मुद्रास्फीति ४२.५ प्रतिशत रहेको छ । यस्तोमा नागरिकहरू रियाल होल्ड गर्न डराएर डलर र सुनतर्फ दौडिएपछि मुद्रास्फीतिले आकाश छाएको हो । त्यसैगरी इरानी रियाल पतन हुनुको तेस्रो कारकका रुपमा आर्थिक संकुचनलाई मानिएको छ ।

विश्व बैंकका अनुसार सन् २०२५ मा २.८ प्रतिशत रहेको जिडिपी सन् २०२६ मा १.७ प्रतिशतमा खुम्चिएको थियो । त्यसैगरी सन् २०११ देखि २०२० सम्ममा वार्षिक प्रतिव्यक्ति आय ०.६ प्रतिशतलले घट्दा गरिबीदर पनि २० प्रतिशतबाट २८ दशमलब १ प्रतिशत पुगेको छ ।

Skip This
Skip This
Logo