विश्वकप छनोटअघि नेपाल–आयरल्यान्ड वार्म अप भिडन्त आज

विश्वकप छनोटअघि नेपाल–आयरल्यान्ड वार्म अप भिडन्त आज

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको पहिलो वार्म अप खेलमा नेपाली महिला टोलीले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल बुधबार बिहान ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। नेपालले पहिलोपटक आयरल्यान्डसँग खेल्न लागेको हो। यद्यपि यो खेल आधिकारिक मान्यतामा नपर्ने भए पनि विश्वकप छनोटअघिको तयारीका लागि नेपालका लागि महत्वपूर्ण अवसर हुनेछ ।

आयरल्यान्डले यसअघि चारपटक महिला टी–२० विश्वकप खेलेको छ र हाल टी–२०आई वरियतामा नवौं स्थानमा छ । यसअघि नेपालले अमेरिकासँग तीन र स्कटल्यान्डसँग एक अभ्यास खेल खेलेको थियो। अमेरिकाविरुद्ध दुई खेल जित्दा एक खेल हारेको थियो भने स्कटल्यान्डसँग पराजित भएको थियो।

वार्म अप खेलपछि नेपालले समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबेसँग खेल्नेछ । सुपर सिक्स हुँदै शीर्ष चारमा पर्न सके नेपाल विश्वकपमा छनोट हुनेछ ।

Logo