काठमाडाैं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाइएको हो ।
यस्ता छन् प्रस्ताव
–कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
–विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
–प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
–चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
–टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
–निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
–उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
– विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने
प्रस्तावमा सबै बुँदा कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने र जसमा कार्यवहाक सभापति, २ महामन्त्री र थप २ नेताहरु रहने कुरा पनि उल्लेख गरिएको छ । सहमति खोज्नका निम्ती मंगलबार दिनभर र बुधबार बिहानैदेखि जारी वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।































प्रतिक्रिया