रोयल इनफिल्ड चलाउनेलाई खुसीको खवर (भिडियोमा)

रोयल इनफिल्ड चलाउनेलाई खुसीको खवर (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा अत्याधुनिक बाइक सर्भिस सेन्टर सञ्चालनमा आएको छ । नेपालको पुरानो औद्योगिक तथा व्यवसायीक घराना एम.भि.ग्रुपले आधुनिक बाइक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

औद्योगिक क्षेत्रस्थित गुँरास इन्जिनिर्यस प्रा.लि को हाताभित्र ६ हजार वर्गफिट क्षेत्रफलमा सर्भिस सेन्टर खुलेको हो । सर्भिस सेन्टरको रोयल इन्फिल्ड इन्डियाका ट्रेनिङ प्रमुख के रंगस्वामी, रिजनल सर्भिस म्यानेजर विराटराज श्रीवास्तव, एम. भि. ग्रुपका चेयरम्यान मोतीलाल दुगड, भ्वाइस चेयरम्यान विवेक दुगड, रोयल इन्फिल्डका प्रविधि प्रमुख मेघराज पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

एम.भि. ग्रुपको भगिनी संस्था विवेक अटोमोबाईल्स प्रा.लिले विश्वको सबैभन्दा पुरानो रोयल इन्फिल्ड (बुलेट) वाईकलाई नेपालका विभिन्न ठाउँबाट सेवा प्रदान गर्दै आएको छ ।

विवेक अटोेमोबाल्सले रोयलको मार्गनिर्देशन बमोजिक नेपालका ७ ठाँउमा अन्तर्राष्ट्रियस्तरको शोरुम तथा वर्कसर्प बनाईसकेको छ । यस्तै सन् २०१८ मा हेटौडा, नेपालगञ्ज, धनगढी र बालाजुमा ४ वटा नयाँ शोरुप स्थापना गर्ने योजना बनाएको छ ।

Skip This
Skip This
Logo