दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल

केन्द्रबिन्दु
27
Shares

देउखुरी। एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् ।

दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटमा उहाँले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताए।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएको भन्दै अगाडि भने, “प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।” लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको पोखरेलले बताए ।

उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । साथै उनले १६५ सिटमा पार्टीले उम्मेदवारी दिने स्पष्ट पारे ।

Skip This
Skip This
Logo