चितवन। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा गरेकी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफूले ९ वर्षको अवधिमा गरेको कामको विवरण सार्वजनिक गरेकी छन्।
शुक्रबार प्रशासकीय भवन उद्घाटन कार्यक्रममा लिखित मन्तव्य दिँदै उनले पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासन क्षेत्रमा भएका कामको सम्पुर्ण विवरण प्रस्तुत गरिन्।
उनका अनुसार ९ वर्षमा भरतपुरमा १ हजार ७२ किलोमिटर सडक कालोपत्रे गरिएको छ, जुन पूर्व–पश्चिम राजमार्गभन्दा लामो हो। नेपालकै सबैभन्दा लामो ८८.६ किलोमिटरको चक्रपथ निर्माण पनि भइरहेको उनले दाबी गरिन्।
मुख्य बजार क्षेत्रमा २३ किलोमिटर विद्युत् तार भूमिगत गरिएको, ४१८ वटा सिसिटिभी क्यामेरा र स्मार्ट सडक बत्ती जडान गरिएको जानकारी दिइन्। कृषितर्फ दूध उत्पादक किसानलाई प्रतिलिटर ४ रुपैयाँ अनुदान दिइएको र हालसम्म २२ करोड रुपैयाँ वितरण भएको उनले बताइन्।
शिक्षामा सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिएको र छात्रालाई साइकल वितरण गरिएको उल्लेख गरिन्। स्वास्थ्यतर्फ सबै २९ वडामा स्वास्थ्य संस्था स्थापना भएको र भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकलाई ओपिडी निःशुल्क गरिएको उनले जनाइन्।
रेनुले नारायणी नदीमा तटबन्ध, जंगली जनावर नियन्त्रणका लागि तारबार र खोला सौन्दर्यीकरणका कामलाई पनि आफ्नो उपलब्धि भन्दै प्रस्तुत गरिन्।
उनले महानगरको आन्तरिक आम्दानी १ अर्ब ४० करोड पुगेको र भरतपुर महानगर कार्यसम्पादनमा देशकै उत्कृष्ट घोषित भएको दाबी गरिन्।
त्यसैगरी भरतपुरको मुख्य बजार क्षेत्रमा २३ किलोमिटर विद्युत् तार भूमिगत गरिएको र ४१८ वटा सिसिटिभी क्यामेरा तथा स्मार्ट सडक बत्ती जडान गरिएको रेनु दाहालले जानकारी दिइन्।
कृषि क्षेत्रमा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ४ रुपैयाँ अनुदान दिने नीति लागू गरिएको र हालसम्म २२ करोड रुपैयाँ वितरण भइसकेको उनले बताइन्।
उनका अनुसार नारायणी नदीमा तटबन्ध निर्माण गरी बाढीको जोखिम न्यूनीकरण गरिएको छ भने जंगली जनावरको आक्रमण रोक्न ३६ किलोमिटर लामो मेस जाली (तारबार) लगाइएको छ ।
मेयर रेनु दाहालले आफ्नो कार्यकालका पुरा गरेका कामहरु भन्दै निम्न कुरा प्रस्तुत गरिन्
१. सडक पूर्वाधारः महानगरमा ९ वर्षको अवधिमा १ हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे गरिएको छ । साथै, नेपालकै सबैभन्दा लामो ८८.६ कि.मि.को चक्रपथ (रिङ रोड) निर्माण भइरहेको छ ।
२.उज्यालो र डिजिटल सहरः मुख्य बजार क्षेत्रमा २३ कि.मि. विद्युत् तार भूमिगत गरिएको छ । २०६ किलोमिटर सडक बत्ती, ९१ वटा हाइमास्ट र ४१८ वटा सिसिटिभी क्यामेरा तथा स्मार्ट सडक बत्तीहरू जडान गरिएका छन्।
३. ठूला आयोजनाहरूः गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अत्याधुनिक सिटी हल र नारायणी नदीमा सिग्नेचर पुल जस्ता गौरवका आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन्।
४. कृषि अनुदानः दूध उत्पादन गर्ने किसानलाई प्रति लिटर ४ रुपैयाँ अनुदान दिने नीति ल्याइएको छ, जसका लागि हालसम्म २२ करोड रुपैयाँ वितरण भइसकेको छ।
५. सिँचाइः नारायणी लिफ्ट सिँचाइ प्रणाली र ८०० भन्दा बढी ट्युबवेलमार्फत झण्डै ८ हजार बिघा जमिनमा सिँचाइ सुविधा पु¥याइएको छ।
६. शिक्षा र स्वास्थ्यः सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिएका छन् र छात्राहरूलाई साइकल वितरण गरिएको छ। स्वास्थ्यतर्फ, २९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको छ र भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकलाई ओपिडी टिकट निःशुल्क गरिएको छ।
७. नदी र निकुञ्ज व्यवस्थापनः नारायणी नदीमा तटबन्ध निर्माण गरी बाढीको जोखिम न्यूनीकरण गरिएको छ। जंगली जनावरको आक्रमण रोक्न ३६ किलोमिटर लामो मेस जाली (तारबार) लगाइएको छ।
८.खोला सौन्दर्यीकरण पुङ्गी र केरुङ्गा खोलाको अतिक्रमण हटाएर पर्यटकीय पदमार्ग र पार्कका रूपमा विकास गरिएको छ।
९.खानेपानीः महानगरका ९८ प्रतिशत जनतामा शुद्ध पिउने पानीको पहुँच पुगेको छ र मासिक ७ हजार लिटरसम्म खपत गर्नेलाई निःशुल्क गरिएको छ।
१०. पुरस्कार र आम्दानीः कार्यसम्पादनमा भरतपुर महानगर देशकै उत्कृष्ट घोषित भएको छ र महानगरको आन्तरिक आम्दानी १ अर्ब ४० करोड पुगेको छ ।





























प्रतिक्रिया