यस्ता छन् मन्‍त्रिपरिषद् बैठकका निर्णयहरु (भिडियोसहित)

यस्ता छन् मन्‍त्रिपरिषद् बैठकका निर्णयहरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कात्तिक २० र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवम् सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

२० गतेको बैठकले ११ वटा र २४ गतेको बैठकले १६ वटा निर्णय गरेको छ । सरकारले कोभिड–१९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

सर्वोच्च अदालत र संसदीय समितिको निर्देशनलाई समेत ध्यानमा राख्दै सरकारले यस्तो निर्णय गरेको हो । संघीय संसद् अन्‍तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गत शुक्रबार कोरोना संक्रमितको पीसीआर तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो ।

यस अघि सर्वोच्च अदालतले पनि कोरोना संक्रमितको पीसीआर तथा उपचार निःशुल्क गर्न सरकारलाई परमादेश दिएको थियो। आदेशविरुद्ध सरकारले दायर गरेको पुनरावेदन सर्वोच्चले बुधबार खारेज गरेको थियो । हेरौं भिडियो :

Logo