चितवन
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारी माथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने बताएका छन् । "/>

कुनै पनि निकायका विरुद्ध गरिने हस्तक्षेप काँगेसलाई स्वीकार्य छैन : देउवा

कुनै पनि निकायका विरुद्ध गरिने हस्तक्षेप काँगेसलाई स्वीकार्य छैन : देउवा

केन्द्रबिन्दु
0
Shares

चितवन
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारी माथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन संघको सातौं महाधिवेशनको आइतबार रत्ननगरमा उद्घाटन गर्दै सभापति देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, न्यायपालिका लगायत क्षेत्र स्वतन्त्र हुनु पर्ने बताए । अहिलेको सरकारले ती निकाय माथि हस्तक्षेप गर्न थालेको उनको आरोप थियो।

‘कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद काँगेसलाई स्वीकार्य छैन,’ उनले भने । त्यस्ता निकाय हस्तक्षेपमुक्त हुनु पर्ने भन्दै सभापति देउवाले थपे, ‘तपाईंहरु ढुक्कसँग स्वतन्त्र रुपमा काम गर्नुहोस्, कसैले तपाईंहरु माथि हस्तक्षेप गर्न सक्दैन, त्यसका लागि हामी छौं।’

कांँग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा रहेको भन्दै उनले भने, ‘काँग्रेसले सरकारमा रहँदा पनि हस्तक्षेप गरेन, अरु कसैले पनि हस्तक्षेप गर्न पाउँदैन ।’ स्वतन्त्र न्यायपालिका, मौलिक अधिकारका पक्षमा काँंग्रेस सधैँं रहने उनले बताए । नेपाली जनताले ठूलो संघर्षबाट संविधान प्राप्त गरेको भन्दै उनले यसको खिलापमा कोही कसैलाई नलाग्न चेतावनी दिए ।
नागरिकबाट

Skip This
Skip This
Logo