सुदूरपश्चिमका पहाडी जिल्लामा खडेरीले हिउँदे बालीमा हानि,पानी नपरेपछि किसान चिन्तित

सुदूरपश्चिमका पहाडी जिल्लामा खडेरीले हिउँदे बालीमा हानि,पानी नपरेपछि किसान चिन्तित

केन्द्रबिन्दु
42
Shares

दशरथचन्द। लामो समयको खडेरीले बैतडीमा हिउँदेबाली सुक्न थालेको छ । यहाँ पानी नपरेको महिनौँ भइसक्यो । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पानी नपरेपछि किसान चिन्तित भएका छन् ।

पानी नपर्दा गहुँ, जौ, मसुरो, तोरी, केराउलगायत बाली सुक्न थालेका छन् । खडेरीले हिउँदेबाली सुकेका सिगास गाउँपालिका–९ का किसान जनक बोहराले बताए । “असोजयता पानी परेको छैन । लामो खडेरीका कारण हिउँदेबाली सुकेको छ”, उनले भने ।

सिँचाइ सुविधा नहुँदा धेरैजसोले आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सिँचाइ सुविधायुक्त स्थानमा पनि बाली मर्न थालेको छ । खोलामा पनि पानी सुकेकाले कुलो हिउँदे बालीमा हानि भएको मेलौली नगरपालिका–६ का किसान चिन्तामणि भट्टले बताए ।

हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नपाउँदै सुक्न थालेको सुर्नया गाउँपालिका–६ का किसान पदम भट्टले बताए। । बाली लगाउने बेलामा पनि पानी नपर्दा बीउ उम्रिन नपाएको उनले बताए ।

बैतडीमा २५ हजार ७०० हेक्टरमा खेती हुने गरेको छ । जिल्लाको १० हजार ९०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ । जिल्लाको १५ हजार ४०० हेक्टरमा गहुँ, ७०० हेक्टरमा जौ, ३०० हेक्टरमा मसुरो, ३४ हेक्टरमा तोरी र पाँच हेक्टरमा केराउखेती हुने गरेको कृषि ज्ञानका प्रमुख हरिदत्त जोशीले बताए।

Skip This
Skip This
Logo