काठमाडौं
०६२/६३ को जनआन्दोलन यता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ साल यता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस एमाले भन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको छ । "/>

एघार वर्षमा माओवादीकै ९५ मन्त्री

एघार वर्षमा माओवादीकै ९५ मन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
०६२/६३ को जनआन्दोलन यता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ साल यता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस एमाले भन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको छ ।

दोस्रो जनआन्दोलन पछि कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी पहिलो पटक सरकारमा सहभागी भएको हो । त्यसयताको ११ वर्षमा ११ वटै सरकार बनेको छ भने ८ वटामा माओवादी सहभागी छ । ०६६ मा बनेको माधव कुमार नेपालको सरकार, ०६९ मा बनेको खिलराज रेग्मीको चुनावी सरकार र ०७० मा दोस्रो संविधानसभापछि बनेको सुशील कोइराला नेतृत्वको सरकार बाहेक सबैमा माओवादी सहभागी छ । यस बीचमा तीन पटक माओवादी आफैंले सरकारको नेतृत्व समेत गरेको छ । पार्टी अध्यक्ष पुष्प कमल दाहालले दुई पटक र डा बाबुराम भट्टराईले एकपटक सरकारको नेतृत्व नै गरेका थिए ।

यो अवधिमा कुनै नेता यस्ता भाग्यमानी पनि बनेका छन् कि एकै जनाले ५,५ पटक सम्म मन्त्री बन्ने अवसर पाएका छन् । कृष्णबहादुर महरा र गिरिराज मणि पोखरेल सबै भन्दा बढी मन्त्री बन्ने माओवादी नेता हुन् । अन्य धेरैजसो नेताले पनि सरकारमा दोहोरिने, तेहोरिने अवसर पाएका छन् । राज्यसत्तामा उत्पीडित वर्ग, क्षेत्र र लिंगको पहुँच नभएको जिकिर गर्दै १० वर्ष सम्म हिंसात्मक विद्रोहमा सामेल भएको माओवादीले ११ वर्षको बीचमा रोल्पा र रुकुम दुई जिल्लाका मात्रै ४३ जनालाई ‘मन्त्री’ बनाएको छ ।

त्यसो त राज्यको महत्वपूर्ण पद उपराष्ट्रपति, प्रतिनिधिसभा सभामुख लगायतमा पनि ०७२ यता रोल्पाली माओवादी नेताले नै जिम्मेवारी सम्हाल्न पाएका छन् । अबको पाँच वर्ष उनीहरूले नै त्यो अवसर पाउँदै छन् । वर्तमान ओली नेतृत्वको सरकारमा माओवादीका सात मन्त्री र एक राज्यमन्त्री सहित आठ जनाले सहभागिता जनाएका छन् । त्यस मध्ये दुई मन्त्री र एक राज्यमन्त्रीले मात्र पहिलोपटक सरकारमा सहभागिता जनाएका हुन् । अन्य पाँच जना कोही दोहोरिने र कोहीले पटक पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले नै अवसर पाएका छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo