काठमाडौं। आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले) बाट पर्वतमा फेरी पुर्व सांसद तथा मन्त्री पदप गिरीले टिकट पाएका छन् । पर्वतमा २ पटकसम्म चुनाव जितेका गिरीले यसपाली पनि टिकट पाएका हुन् । एमाले युवा नेता पदम गिरी नेपाली राजनीतिमा सक्रिय, प्रखर वक्ता र संगठनकर्ता नेताका रूपमा परिचित छन्। पर्वत जिल्लालाई आफ्नो राजनीतिक आधार बनाएका गिरीले विद्यार्थी राजनीतिदेखि संसद र मन्त्री पदसम्म लामो राजनीतिक यात्रा तय गरेका छन्। उनी युवा पुस्तामा विश्वाशीला र अन्य नेता भन्दा जनताको पक्षमा काम गर्ने नेताको रूपमा चर्चित छन्। यही कारण पनि एमालेले गिरीलाई टिकट दिएको मान्छ सकिन्छ ।
संक्षेपमा यस्तो छ गिरीको राजनीतिक यात्रा
वि.सं. २०३३ फागुनमा पर्वत जिल्लाको दुर्लुङमा जन्मेका गिरी सानै देखी राजनीतिमा चासो राख्थे । विद्यालय तहदेखिनै अनेरास्ववियु मार्फत राजनीतिक रूपमा सक्रिय उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनका क्रममा विद्यार्थी नेतृत्व गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भए । २०६२÷६३ को जनआन्दोलनका समयमा उनी विद्यार्थी आन्दोलनमा अगुवा बने। यस क्रममा उनले नेतृत्व, संगठन कौशल र समुदायसँग संवाद गर्ने क्षमता विकास गरे। विधार्थीहरुका हकहितमा सदैव सतिसाल भएर उभिए ।
विद्यार्थी राजनीति पश्चात गिरी गृहजिल्ला पर्वत फर्केर नेकपा (एमाले)को मुख्यधारामा प्रवेश गरे। पर्वत जिल्ला कमिटी सदस्य भएर संगठन मजबुत बनाएका उनले जिल्ला पार्टीको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हाले । युवा तथा स्थानीय समुदायलाई सक्रिय बनाउने कार्यमा सक्रिय रहेका गिरीको नेतृत्वमा पर्वतमा एमाले बलियो बन्दै गयो । जिल्लाको समग्र विकास निर्माणदेखी जनसमुदायका ससाना समस्याहरुमा जुद्द्दै अगाडी बढेका गिरीले विभिन्न आन्दोलनहरुको नेतृत्वसमेत सम्हाले । सडक,पुर्वाधार,खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासमा उल्लेख्य भुमिका खेले ।
गिरीले दुई पटक प्रतिनिधि सभा चुनावमा विजयी हुँदै राष्ट्रिय राजनीतिमा स्थायी स्थान बनाएका छन्। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्वतबाट पहिलो पटक विजयी भएका उनले पुनः २०७९ सालमा प्रतिनिधि सभा निर्वाचनमै भारी मतान्तरले विजयी भएका थिए । संसदमा उनी प्रखर वक्ता र विपक्षी दलसँग तर्कपूर्ण बहस गर्ने नेताको रूपमा आँफूलाई स्थापित गराए ।
गिरीले राष्ट्रिय सरकारमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री (२०७९) र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री (२०८०) मा बनेर देशको सेवा गरे। उनको नेतृत्व पारदर्शिता र जवाफदेहितामा सधैँ आधारित रह्यो ।
उनको नेतृत्वको विशेषता तार्किक वक्तृत्व, पार्टीप्रतिको भरोसा, संगठन क्षमता र समावेशी दृष्टिकोण मानिन्छ । विशेष गरी महिला, किसान,युवा, आदिवासी, दलित र उत्पीडित पीछडिएका वर्गका मुद्दामा उनी सक्रिय रहँदै जनताको सुख दुखमा साथ दिँदै आईरहेका नेता मानिन्छन् ।
पर्वत जिल्लामा गिरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक समावेशीकरणमा धेरै योगदान दिएका छन्। विद्यालय निर्माण, स्वास्थ्य चौकी स्तरोन्नति, सडक सुविधा विस्तार र समुदायमा महिलाको सहभागिता सुनिश्चित गर्ने काममा उनले उल्लेखनीय छ योगदान दिएका छन् ।
प्रतिस्पर्धी दल र आन्तरिक दबाबका बाबजुद पनि गिरीले जिल्लामा आफ्नो आधार मजबुत बनाएका छन्। युवापुस्ताको उत्साह, संगठनात्मक कौशल र तार्किक व्याक्तित्वले उनी अरु नेता भन्दा निर्णायक मानिन्छन् । एमाले अध्यक्ष ओलीका केही विश्वास पात्रमध्यमा गिरी अगाडी आउँछन् ।
गिरीको यात्रा विद्यार्थी राजनीति देखि पार्टी नेतृत्व, संसद र मन्त्री पदसम्मको संघर्षले भरिएको छ । पर्वतबाट उठेर राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाएका गिरीले यसपाली आसन्न प्रतिनिधि सभाको निर्वाचनमा जनताको मन जितेर विजयी हाँसिल गर्न सके पुन मन्त्री पक्का बन्नेछन् ।





























प्रतिक्रिया