राजीनामा दिएर घन्टीघर पुगे बालेन

राजीनामा दिएर घन्टीघर पुगे बालेन

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले पदवाट राजिनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीको घण्टीघर पुगेका छन्। कार्यलय प्रवेशको क्रममा पार्टीका नेता र कार्यकर्ताहरूले उनलाई स्वागत गरे।

पुस १४ गते रास्वपामा समाहित भएका बालेन अब पार्टीका वरिष्ठ नेताको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। आजको केन्द्रीय समिति बैठकमा उनले आफ्नो रणनीति, आगामी निर्वाचन तयारी र पार्टीको विस्तारका विषयमा छलफल गर्ने रास्वपा स्रोतले बताएको छ ।

बैठक सकिए लगत्तै बालेन, रास्वपाका सभापति रवि लामिछाने तथा अन्य शीर्ष नेताहरू मधेस प्रदेशको राजधानी जनकपुर पुग्ने कार्यक्रम तय गरिएको छ । यस यात्रामा पार्टीको संगठन विस्तार, स्थानीय पार्टी कार्यकर्ता भेटघाट र आगामी निर्वाचन अभियानमा सामेल हुनेछन् ।

Skip This
Skip This
Logo