सिजी ब्रान्डको ‘वर्ल्डकप योजना’अन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक

सिजी ब्रान्डको ‘वर्ल्डकप योजना’अन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘लेभल अप वि सीजी’ योजनाअन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथामार्फत दुईजना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

दोस्रो चरणको गोलाप्रथाबाट कैलालीका आकाश कुँवर र रुपन्देहीका मन्दिप पोख्रेल विजेता बन्न सफल भएका छन् । कैलाली धनगढी निवासी कुँवरले धनगढीस्थित न्यू मनीषा इलेक्ट्रोनिक्स एन्ड सप्लायर्सबाट सिजी ब्रान्डको म्युजिक सिस्टम खरिद गरी योजनामा सहभागिता जनाएका थिए । यस्तै, रुपन्देहीको तिलोत्तमा निवासी पोख्रेलले भलबारीस्थित भुवन इलेक्ट्रिकल्सबाट सिजी ब्रान्डको ४३ इन्चको टेलिभिजन खरिद गरेका थिए ।

कम्पनीका अनुसार दुवै विजेताले पाँच दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । उक्त प्याकेजमा काठमाडौँ–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन तथा मुम्बई सिटी टुर समावेश छ । साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको एक खेलको टिकट पनि प्रदान गरिएको छ ।

सिजीले योजना अझै जारी रहेको र आगामी दिनमा थप विजेताहरू घोषणा गरिने जानकारी दिएको छ ।

Skip This
Skip This
Logo