म्याग्दी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट चुनाव लड्ने भएका छन् । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुनले म्याग्दीमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पुनले गृहजिल्ला म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी कुनै पार्टीमा आवद्ध नभई स्वतन्त्र रूपमा उम्मेदवार बन्न लागेका हुन् । चुनाव चिन्ह भने तोकिएको छैन।































प्रतिक्रिया