धनगढी
कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरिएको घटनामा ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । "/>

बोक्सीको आरोपमा कुटपिट गर्ने विरुद्ध मुद्दा दर्ता

बोक्सीको आरोपमा कुटपिट गर्ने विरुद्ध मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

धनगढी
कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरिएको घटनामा ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत बोक्सी आरोप कसुर सजायँ ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको हो । भोलेबाबा भनिने राजकुमार चौधरी, किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रकाश चौधरी, चनकला चौधरी र सीतारानी चौधरी विरुद्ध मुद्दा दर्ता गरिएको एसपी विनोद घिमिरेले बताए ।

वेदप्रकाश, चनकला र सीतारानीलाई मतियारको अभियोग लगाइएको छ । ‘सम्मानित पदमा रहेका व्यक्तिहरू जसले बोलेको समाजमा केही हुन्छ, तिनीहरूले घटना रोक्नुको सट्टा हेरेको पाइएको छ,’ एसपी घिमिरेले भने, ‘त्यस्ता व्यक्तिलाई पनि नियन्त्रणमा लिएर मतियारका रूपमा कारबाही गर्छौँ ।’
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo