रामेछाप
रामेछाप जिल्लामा भूकम्पको कारण भत्किएका ४३ हजार घर मध्ये ११ हजार घरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । भूकम्पका कारण भत्किएका ४५ हजार घरधुरी मध्ये ४३ घरधुरी लाभग्राहीको सूचीमा सूचीकृत भएका छन् । "/>

भूकम्पपछिको पुनर्निर्माण तिव्र : रामेछापमा मात्र ११ हजार घर बने

भूकम्पपछिको पुनर्निर्माण तिव्र : रामेछापमा मात्र ११ हजार घर बने

केन्द्रबिन्दु
0
Shares

रामेछाप
रामेछाप जिल्लामा भूकम्पको कारण भत्किएका ४३ हजार घर मध्ये ११ हजार घरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । भूकम्पका कारण भत्किएका ४५ हजार घरधुरी मध्ये ४३ घरधुरी लाभग्राहीको सूचीमा सूचीकृत भएका छन् । भूकम्प गएको झण्डै ३५ महिनाको अवधिमा ११ हजार निजी घरको पुनर्निर्माण कार्य सम्पन्न भएको र बाँकी घरहरुको पनि निर्माण कार्यले पनि गति लिएको छ ।

भूकम्पका कारण भत्किएको घर पुनर्निर्माण गर्न दोरम्बा गाउँपालिका–२ का भूकम्पपीडित प्रेम तामाङ घर निर्माणको चटारोमा छन् । चैत्र मसान्त भित्र घरको डीपीसी गर्नका लागि उनी हतारोमा देखिन्छन् । सरकारले चैत मसान्त सम्म घर निर्माण गरिसक्नु पर्ने म्याद राखेपछि घर निर्माणका लागि जग खन्ने कार्यमा जुटेका छन् । गाउँभर घर निर्माणको कार्य भइरहेकाले कामदार पाउनै मुस्किल छ’, तामाङले भने– ‘कामदार नपाएपछि अर्मपर्म गरेर नै घर निर्माणमा जुटेका छौं ।’ सरकारले घर निर्माण सम्पन्न गर्नु पर्ने समयसीमा नै तोकेपछि भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका हुन् ।

पुस मसान्त सम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले घरको डीपीसी गरिसक्नु पर्ने समयसीमा सकिएपछि घर निर्माण गर्न नसकेका भूकम्पपीडित निराश बनेका थिए । कामदारको अभाव, निर्माण सामग्री जुटाउने कठिनाइ, पानी लगायतको कारण केही भूकम्पपीडितले चाहेर पनि घर निर्माण गर्न सकेका थिएनन् । तर सरकारले चैत मसान्त सम्मको म्याद थप गरेपछि भने भूकम्प पीडितले जिल्ला बाहिरका कामदार ल्याउने, अर्मपर्म गर्ने लगायतका काम गरेर पनि पुनर्निर्माणको काममा जुटेका छन् । पानीको समस्या भएको स्थानमा नदीबाट पानी ढुवानी गर्ने, कामदार जिल्ला बाहिरबाट ल्याउने काम गरेर भए पनि भूकम्पपीडित चैत मसान्त भित्र नै घरको डीपीसी गरेर दोस्रो किस्ताका लागि प्राप्त गर्ने गरी जुटेका हुन् । चैत मसान्त भित्र जिल्लामा निर्माण हुन बाँकी रहेका ७ हजार घर निर्माण हुने अपेक्षा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रामेछापले गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo