काठमाडौं
वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथको आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पशुपतिनाथ महोत्सव शुरु भएकोे छ । चैत ७ गते सम्म महोत्सव आयोजना हुने महोत्सवको हिजो देशोद्धार पूजा गरी शुरुवात गरिएको आयोजक समितिका अध्यक्ष केदारमान भण्डारीले जानकारी दिए । धार्मिक, सांस्कृतिक महत्व बोकेको महोत्सवको औपचारिक उद्घाटन भने चैत १ गते बिहीबार (आज) गरिनेछ । महोत्सवले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
महोत्सवमा धार्मिक गोष्ठी प्रवचनका अतिरिक्त तस्वीर, वृत्तचित्र प्रदर्शनी, नेवारी तथा अन्य परिकार, कला संस्कृति प्रदर्शन गरिनाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने जनाइएको छ । महोत्सवमा श्रीमद्भागवत कथा, पाहाँचह्रे जात्रा लगायतको अवलोकन, संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, नेपाल र भारतका वरिष्ठ कलाकारद्वारा शास्त्रीय तथा भक्ति संगीतको समेत आयोजना गरिएको छ ।
रासस































प्रतिक्रिया