काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कलामसँग शिष्टाचार भेट गरेका छन् । "/>

प्रधानमन्त्री ओली र बंगलादेशका मन्त्री बीच भेट

प्रधानमन्त्री ओली र बंगलादेशका मन्त्री बीच भेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कलामसँग शिष्टाचार भेट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले फागुन २८ गते भएको यूएस बंगलाको विमान दुर्घटनालाई दुःखद भएको बताए । मन्त्री कलामले पनि नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरे ।

नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्नु भएको मन्त्री कमालले जानकारी गराए । प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरूको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदनासहित सहानुभूति प्रकट गरेका थिए ।

प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिएका छन् । आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई बताए ।
नेपाल समाचारपत्रबाट

Logo