बागलुङ
धौलागिरी अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनतालाई स्वास्थ्य सेवा दिनको लागि ६ वर्ष पहिले जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नती भएको बागलुङको धौलागिरी अञ्चल अस्पताल रिफर सेन्टर बनेको छ । "/>

२१ डाक्टरको दरबन्दी रहेको अञ्चल अस्पतालमा ६ डाक्टर

२१ डाक्टरको दरबन्दी रहेको अञ्चल अस्पतालमा ६ डाक्टर

केन्द्रबिन्दु
0
Shares

बागलुङ
धौलागिरी अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनतालाई स्वास्थ्य सेवा दिनको लागि ६ वर्ष पहिले जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नती भएको बागलुङको धौलागिरी अञ्चल अस्पताल रिफर सेन्टर बनेको छ । २१ जना विषेशज्ञ डाक्टरको दरबन्दी रहेको अञ्चल अस्पतालमा १५ जना डाक्टरहरुको पद रित्त रहँदा उपचारको लागि आउने विरामीहरुलाई पोखरा, काठमाडौं रिफर गर्नु पर्ने बाध्यता रहेको छ । १५ जना विशेषज्ञ सहित ६ जना मेडिकल अधिकृत हुनु पर्ने अस्पतालमा अहिले मुस्किलले ३ जना विशेषज्ञ र ३ जना मेडिकल अधिकृतले अस्पताल धान्नु परेको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन डाक्टर सागर कुमार राजभण्डारीले बताए ।

स्त्रीरोग, बालरोग, दन्तरोग जस्ता विभिन्न रोगहरुका डाक्टरहरुको दरबन्दी रहेको अञ्चल अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरु नहुँदा सामान्य विरामीलाई पनि पोखरा, काठमाडौं रिफर गर्नु पर्ने बाध्यता रहेको छ । नामको अञ्चल अस्पताल भएपनि अञ्चल अस्पतालमा हुनु पर्ने कुनैपनि संरचना नभएको कारण देखाउदैं बागलुङमा सेवा दिनु पर्ने विशेषज्ञ डाक्टरले काठमाडौ, पोखरा ,भैरहवा लगायतका अस्पतालमा सेवा गरि तलव भत्ता भने धवलागिरि अञ्चल अस्पतालबाटै खाँदै आएका छन् ।

जिल्लामा बस्ने डाक्टर समेत बेला वेलामा हुने अध्यायन, सेमिनार, गोष्ठी, र विदेशमा गइराख्ने कारणले गर्दा अस्पतालमा स्वास्थ्य सेवा लिन आउने विरामी महंगो खर्च गरेर पोखरा, काठमाडौ जान बाध्य छन् । अस्पताल भित्रबाट विरामीले ७० प्रकारका औषधीहरु निशुल्क पाउँनु पर्ने भएपनि अस्पतालमा औषधीको अभाव हुँदा विरामीले क्लिनीकबाट औषधी किन्नु पर्ने बाध्यता रहेको छ ।

उपचारको क्रममा डाक्टरले यो औषधी अस्पताल भित्र बाट निशुल्क पाईन्छ भनेपनि औषधी लिने ठाउँमा सकिएको छ बाहिर किन्नुस भन्ने गरेको अधिकाशं विरामीहरुले गुनासो गर्ने गरेका छन् । अञ्चल अस्पतालबाट पाउनु पर्ने सामान्य सेवा समेत नपाएर विरामीहरु महंगो शुल्क तिरेर प्राइभेट अस्पतालहरुमा उपचार गराउन बाध्य भएका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo